Birat Post मंगलबार, माघ २२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२२ माघ ।  सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दैछ। यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान सफल पार्न सबैलाई आह्वान समेत गरेका छन् ।खोप अभियानमा विद्यालय जाने ६ देखि कक्षा १० मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरी सहभागि हुनेछन् ।महिलामा पाठेघरको मुखको क्यान्सर चौथौ मुख्य क्यान्सर रहेको छ । ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुने सङ्ख्या न्युन आय भएका र मध्यम आय भएका देशमा देखिएको युनिसेफको तत्थ्याङ्कले देखाएको छ। 

नेपालमा महिलामा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण हो । मृत्युको भने पहिलो कारण भएको चिकित्सक बताउँछन् ।   यो पाठेघरको तल्लो भाग योनिलाई जोड्ने भागमा लामो समय ह्युमन प्यापिलोमा नामक भाइरसको सङ्क्रमणको कारण हुने गर्दछ । विश्वमा हरेक वर्ष तीन लाख ११ हजारको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गर्छ। यो सङ्ख्या सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ। नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ।

सम्बन्धित

ताजा अपडेट
बेलुन विष्फोट घटनाः आठ सदस्यीय छानबिन समिति गठन
तीनदिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न
एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१ हुँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल