Birat Post मंगलबार, फाल्गुण ०६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,६ फाल्गुन ।  नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काएर देखाउन चुनौती दिएका छन् ।

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि विकसित परिस्थितिका सम्बन्धमा सामाजिक सञ्जालमार्फत सांसद भण्डारीले भनेका छन्, ‘सरकार !!! चारवटा जहाज लिएर ओडिसाबाट विद्यार्थी लिएर आउन ! कसले रोकेको छ ? तब विश्वविद्यालय संग कुरा हुन्छ ! तिमि छौ भन्ने परिचय देउन सरकार !’

केआईआईटीमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । उनी कलेजको होस्टलमा मृत भेटिएकी हुन् । घटनापछि आक्रोशित नेपाली विद्यार्थीहरूले विरोधका लागि सडकमा उत्रिएका थिए । उनीहरूले विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै लम्सालका लागि न्यायको माग गरेका थिए । तर, ती विद्यार्थीहरुमाथि कलेज प्रशासनले दमन गर्दै कलेजबाट निकालेको थियो ।

यो घटनाको विरोधमा हाल नेपालको सडकदेखि सदनसम्म तातेको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरुले नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल