Birat Post बुधबार, फाल्गुण ०७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,७ फाल्गुन । हिन्दु राष्ट्र र राजसंस्था फर्काउने निर्णायक आन्दोलन गर्न राजावादी शुभेच्छुकहरुले सुझाव दिएका छन् । एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहालको नेतृत्वमा आज विराटनगरमा भएको कार्यक्रममा राजवादी नेता तथा सुभेच्छुकहरुले यसखाले सुझाव दिएका हुन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा जनताको नाममा दिएको शुभकामना सन्देश मार्फत जनतालाई गरेको आव्हान सँगै राजावादी शक्ति तथा सुभेच्छुकहरु यसको तयारीमा जुटेका हुन् । यस्तै सोही समितिले पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाहको ७५औं जन्मदिन समेत मनाएका छन् । कार्यक्रममा संघर्ष समितिका सल्लाहकार एवं नेपाल विद्दत परिषदका केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल, संघर्ष समितिका सल्लाहकार तथा नेपाल सद्भावना मञ्चका केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री बद्रीप्रसाद मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य विष्णु थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कोशी प्रदेश अध्यक्ष माधव आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मोरङ अध्यक्ष कुमार ढकाल, संघर्ष समिति मोरङका वरिष्ठ उपाध्यक्ष दिनेश राउत, संघर्ष समिति मोरङका वरिष्ठ सचिव पुष्पराज दाहाल, प्राध्यापक इश्वरी गौतम, राष्ट्रवादी अभियन्ता शम्भुनाथ कार्की, राजकुमार कार्की, टिका सिटौला लगायतले आन्दोलन मात्र विकल्प रहेको बताएका थिए ।

एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहालले पूर्व राजा ज्ञानेन्द्र शाहबाट जनताको नाममा दिएको सन्देश अनुरुप अवको आन्दोलन तय हुने बताएका छन् । केही दल र केही मतियारहरुले देश माथी गरेको षड्यन्त्रका विषयमा जनतालाई बुझाउदै थप आन्दोलनमा जाने बताए ।

सम्बन्धित

ताजा अपडेट
चिन्न जीयर स्वामीद्धारा वैदिक सनातन धर्मको वैज्ञानिकता माथी विराटनगरमा धार्मिक प्रवचन
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल