Birat Post बिहिबार, फाल्गुण २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ फाल्गुन । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर  स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो ।

बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खतिवडाले जीयर स्वामीको विशेष तत्वावधानमा कार्यक्रम हुन लागेको जानकारी दिए ।

यज्ञमा दैनिक ५ हजार भक्तजन उपस्थित रहने खतिवडाले बताए । यस्तै सामुहिक ब्रतबन्धको कार्यक्रम समेत राखिएको छ । जसमा जतिजना बटुक हुन्छन् सोही अनुरुप प्रत्येकको छुट्टै यज्ञादीको व्यवस्था गरिएको जानकारी दिइयो । सामुहिक ब्रतबन्ध भनिएपनि बटुकहरुले आ आफ्नो कर्म गराउन पाउने जानकारी दिइयो ।

यस्तै धार्मिक अभियन्ता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले विराटनगरमा आउनलाग्नु भएका चिन्न जीयर स्वामीको स्वागतमा हुने सवै काम सम्पन्न भएको बताए । विद्धान धार्मिक व्यक्तित्वको आगमनलाई विराटनगरले गौरवकारुपमा लिएको र कार्यक्रम सम्पन्न गराउन लागिपरेको जानकारी दिए ।

यस्तै मन्दिरका सल्लाहकार तथा धार्मिक गुरु स्वामी रामानुज नेपालले भागवत आराधना,प्रबन्ध पाठ हवन,प्रवचन तथा महाउत्सव हुने जानकारी दिए । चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यता हुने भएकाले यसमा सम्लग्न हुन धर्मानुरागीहरुको विभिन्न जिल्लाबाट सहभागि रहने बताए ।

यज्ञस्थलमा ५ दिन विभिन्न धार्मिक अनुष्ठान सहित अरणिमन्थन,अग्निप्रतिष्ठा,भगवानका सेवा आराधना,वेद,इतिहास,पुराण,स्त्रोत्र आदी गरिने छ । पत्रकार सम्मेलनमा मन्दिरका महासचिव युवराज धिताल,धार्मिक अभियन्ता देवेन्द्र गुप्ता,लालमोहन ठाकुर,अनन्त पराजुली,रमेश आचार्य लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल