Birat Post शनिबार, चैत्र ०२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ चैत्र ।

विराटनगरमा वैदिक सनातन धर्मको वैज्ञानिकता र आजको समाज विषयक धार्मिक प्रवचन सम्पन भएको छ । शनिबार श्री श्री श्री चिन्न जीयर स्वामी महाराजले दिनुभएको प्रवचनमा कोशी प्रदेशका विभिन्न धर्मानुराघीहरूको सहभागीता रहेको थियो ।

प्रवचन कार्यक्रममा बेद र सनातन धर्मले अगालेका विषयहरूनै मानव जीवनका लागि मोक्ष पाउने उत्तम बाटो भएको बताइयो । बेदले भनेको विषयलाई अहिलेको विज्ञानले समेत अंगिकार गरेको भन्दै स्वामीले सनातन धर्म र बेदको रक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले गौं रक्षाका लागि लाग्न पनि आग्रह गर्नुभयो । सनातन धर्मले बताएको वर्तमान र भविष्य विज्ञान भन्दा माथि रहेको उहाँको भनाइ थियो । वैदिक सनातनलाईनै विज्ञानले अंगिकार गर्दै अनुसन्धान गरिरहेको र सोही अनुसारनै रहेको प्रमाणित हुदै गएको दावी उहाँको थियो ।

उहाँले आफ्नो जीवनलाई बदल्न अन्यकुराले शान्ति नदिने बताउनु भयो । वैदिक धर्म र सनातन कर्मले मानिसलाई सत्कर्ममा जोड्ने भएकाले आफ्ना् स्वधर्म नछोड्न आग्रह गर्नुभयो । मानिसले जसरी भोक लागेको कुरा देखाउन सक्दैन त्यस्तै भगवान पनि देख्न नसकिने तर अनुभुती गर्न सकिने उहाँको भनाइ थियो ।

प्रवचन कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला,मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,धार्मिक अभियन्ता इन्दिरा रिजाल,सुरेश शर्मा, श्याम पौडेल,उद्योगी तथा सामाजिक अभियन्ता राजेन्द्र राउत,पर्यटन व्यवसायी भविश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यही चैत्र १ देखि ५ गतेसम्म कञ्चनबारी पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ भइरहेको छ  । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खतिवडाले यो अभियानको नेतृत्व गरिरहेका छन् । उनले जीयर स्वामीको विशेष तत्वावधानमा कार्यक्रम भइरहेको बताए । सोही कार्यक्रम अन्तरगत कोशी प्रदेशका प्रवुद्ध व्यक्तिहरु संग धार्मिक प्रवचन गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल