Birat Post सोमबार, चैत्र ०४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ चैत्र । विराटनगरमा यही चैत ५ गतेदेखि रासलीला कार्यक्रम हुने भएको छ । श्रीहरि सत्संग समिति नेपालको आयोजनामा विराटनगर स्थित अतिथि सदन भवनको पछाडि रहेको राधा मण्डपमा कार्यक्रम हुन लागेको हो । भारतको बृन्दावनबाट आउन लागेका २१ जना कलाकारहरूको टोलीले राधाकृष्णले बिताएको जीवन शैलीमा आधारित कथा वस्तुलाई समेटेर रासलीला कार्यक्रम देखाइने छ ।

चैत ५ गते कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले रासलीला कार्यक्रमको उद्घाटन गर्ने छन् । उक्त कार्यक्रम ९ गते समापन हुनेछ । कार्यक्रममा रासलीला संगै मारवाडी, थारु, मैथिली र सन्थाल जातीको धर्म संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने श्रीहरि सत्संग समिति नेपालका अध्यक्ष भिखमचन्द सरले जानकारी दिए ।

रासलीला कार्यक्रमलाई भव्य रूपमा आयोजना गर्न समितिका कोशी प्रदेश उपाध्यक्ष महेशकुमार साह “स्वर्णकार” लाई संयोजक र उद्योगी घनश्याम काबरालाई सह संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । संयोजकको जिम्मेबारी सम्हालेका स्वर्णकारले रासलीला कार्यक्रम हेर्न भक्तजन उत्साहित रहेको बताएका छन् ।

५ दिनमा १५ हजार भन्दा बढी भक्तजनहरूले रासलीला कार्यक्रमको अवलोकन गर्ने स्वर्णकारको भनाई छ । भगवान् श्री राधाकृष्णको जीवन शैलीमा आधारित रासलीला कार्यक्रम मञ्चन गर्न भारतको वृन्दावनबाट २१ जना कलाकारहरूको टोली सोमबार विराटनगर आइपुगेको उनले जानकारी दिए । स्वर्णकारका अनुसार भारतको हैदरवादबाट कार्यक्रममा सहभागिता जनाउन श्री श्री चिन्न जीयर स्वामी विराटनगर आइपुगेका छन् । स्वामी चिन्न जीयरको सानिध्यतामा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले रासलीला कार्यक्रमको शुभारम्भ गर्ने छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल