Birat Post बिहिबार, चैत्र १४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१४ चैत । आठजना नागरिक अगुवाहरुले पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप लगाएका छन् । उनिहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि पुनः राजगद्धिमा फर्किन भारत सरकारसँगै पहल गरेको भन्दै विज्ञप्ति जारी गरेका हुन् ।

“आफ्नै पूर्वजले मुलुकप्रति गरेको योगदानसमेत लत्याउनेगरी छिमेक र संसारसामु नेपाललाई कमजोर पार्ने खतरासहित ज्ञानेन्द्र शाह राजनीतिक मैदानमा उत्रिएका छन् । छिमेक सम्बन्ध तथा बृहत् अन्तर्राष्ट्रिय मामिला पेचिलो बन्दै गएको यस बखत ज्ञानेन्द्रको गतिविधिले नेपालको भूराजनीति थप कमजोर बनाउने अभीष्ट बोकेको छ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति जारी गर्नेहरुमा मोहना अन्सारी, राजन कुइँकेल, कनकमणि दीक्षित, दिनेश त्रिपाठी, रिता परियार, सुशील प्याकुरेल, चरण प्रसाईं र हिरा विश्वकर्मा रहेका छन् ।

यद्यपी यो विज्ञप्तिको राजावादी नेताहरुले खण्डन गरेका । युएसए आइडीको पैसा खाएर नेपालमा काम गरिरहेकाहरुलाई जनताले चिनिसकेको भनेका छन् । राजावादी चिन्तक तथा रापप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष बल्लभ प्रसाद दाहालले राजाका विषयमा विष बमन नगर्न आग्रह गरे । उनले भनेका छन्,’राष्ट्र निर्माताका सन्तान राजा ज्ञानेन्द्र शाहलाई देशको चिन्ता छ की विदेशीको हण्डी खानेलाई । देश रहे राजा रहने हो। नभए के कोे राजा ? जती राजा ज्ञानेन्द्र शाहलाई यो देशको माया छ त्यति अरुलाई नहुनपनि सक्छ ।’

यस्तै राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जनताले सवै कुरा बुझिसकेकाले अव स्पष्टिकरण वा सवाल जवाफको आवश्यकता नरहेको बताए । जनताको आन्दोलनलेनै सवै कुराको परिणाम देखाउने शाहीले बताए ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल