Birat Post शुक्रबार, चैत्र १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं १५ चैत ।  आज काठमाडौंमा एकसाथ गणतन्त्र पक्षधर र पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका छन् ।

समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको हो । देशमा प्रतिगामी तत्वहरुले टाउको उठाउन खोजेको भन्दै उनीहरु व्यवस्था जोगाउन र सरकारको गलत क्रियाकलापको खबरदारीका रुपमा सडकमा उत्रिन लागेका हुन् ।

यता, राजावादीहरुले व्यवस्था उल्टाउने प्रयास स्वरुप तीनकुनेमा गर्न गर्दैछन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा राजसंस्था पुनःस्थापनाको मागसहित प्रदर्शन हुनेछ । उनलाई नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले जनकमाण्डर घोषित गरिसकेको छ ।

दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले ३५ सय प्रहरी परिचालन गर्ने योजना बनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल