Birat Post आइतबार, चैत्र १७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, १७ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालमा अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार भएपनि राष्ट्रिय समस्या समाधान हुन नसकेको बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेको सरकार बनेको ९-१० महिना लागिसक्दा पनि एउटा पनि ठोस काम हुन नसकेको बताए । उनले सरकार कमजोर भइरहेको अवस्थामा व्यापक रुपमा भ्रष्टाचार, अनेकौं काण्ड र विचौलियाहरुको रामाराज्य नै रहेको बताए ।

‘कांग्रेस र एमाले दुई ठूला दलका सरकार भएपनि राष्ट्रिय समस्यालाई समाधान गर्न सरकार अत्यन्त कमजोर देखिएको छ । ९÷१० महिना हुन लागिसक्यो, एउटा पनि ठोस काम गर्न सकेको छैन । सरकार कमजोर भएको अवस्था, देशमा व्यापक रुपले भ्रष्टाचार र काण्डहरु भइरहेको अवस्था, कमिशनतन्त्र, लुटतन्त्र, विचौलियाको त राज्य नै छ । विचौलियातन्त्र हुने, सकार कमजोर हुने र जनतामा आक्रोश र निराशा छ,’– उनले भने ।

सरकारले सुशासन दिन नसकेको, विकास र समृद्धिलाई अगाडि बढाउन नसकेको, कमिशनतन्त्र र विचौलियातन्त्रको बोलवाला रहेको उनको आरोप छ । अध्यक्ष यादवले सरकारको कारण जनतामा निशारा र आशोक्र बढेको र यही फाइदा उठाएर लोकतन्त्रविरोधी तत्वहरु सल्बलाएको दाबी गरे । अध्यक्ष यादवले सरकार सुशासन दिन, विचौलिया र भ्रष्टतन्त्रलाई नियन्त्रण गर्न र राष्ट्रिय समस्याको समाधान गर्नेतर्फ पनि लाग्नुपर्ने बताए ।

वर्तमान संविधान संविधान सभाले नबनाएर गलत तरिकाले आएको उनको दाबी छ । संविधान सभाको मञ्चलाई प्रयोगमात्रै गरेर संविधान जारी गरिएको उनले बताए । ‘यो गलत तरिकाबाट आएको संविधान हो । संविधान सभाले बनाएको संविधान नै होइन । संविधान सभाको मञ्चलाई प्रयोग गरेर घोषणा गरेको संविधान हो यो । संविधान घोषणा भएको दिन दुई चार जनाले काठमाडौंमा बत्ति बाले होलान् । सबै समुदायको संविधान बनाउन सकिएन भने यो संविधानले धान्न सक्दैन,’– उनले भने ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल