Birat Post बिहिबार, चैत्र २१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ चैत / विराटनगरभित्र सञ्चालित सहकारीलाई व्यवस्थित बनाउन विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आमसर्वसाधारणलाई सचेतनामूलक कार्यक्रमका साथै सहकारी सञ्चालकहरुलाई विभिन्न तालिमसमेत दिँदै आएको छ ।
महानगरले बिहीबार सहकारीका अध्यक्ष र व्यवस्थापकहरुलाई बोलाएर अन्तरक्रिया गरेको छ ।

दोस्रो चौमासिकका रुपमा आयोजित कार्यक्रममा सहकारीमा देखिएका समस्या, समाधनका उपायका विषयमा छलफल भएको थियो । सो कार्यक्रममा महानगरको सहकारी शाखाकी कर्मचारी रोजी कार्कीले सहकारीमा अभिलेख व्यवस्थापन, राष्ट्रिय सहकारी बैंक विराटनगर शाखाका प्रमुख चिरञ्जीवि तिम्सिनाले सहकारीमा बचत र ऋणको व्यवस्थापन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्तरक्रियामा वडा नम्बर १९ अध्यक्षसमेत रहेका महानगरको आर्थिक विकास समितिका संयोजकसमेत रहेका श्याम घिमिरे, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, जिल्ला सहकारी संघ लिमिटेड मोरङका कोषाध्यक्ष अमृतबहादुर गुरुङ, जिल्ला सहकारी संघका सल्लाहकार वीरेन्द्र यादवलगायतले केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बद्नाम भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा ५८ वटा सहकारीबाट २–२ दरले १ सय १६ जना सहभागी भएको सहकारी शाखाकी प्रमुख चाँदनी राईले जानकारी दिइन् । उनका अनुसार विराटनगरमा १ सय ७२ वटा सहकारी महानगरमा दर्ता भई सञ्चालनमा छन् । यसअघि महानगरले सहकारीका सञ्चालक र पदाधिकारीलाई लक्षित गरेर नेतृत्व तथा व्यवस्थापन विकाससम्बन्धी कार्यशालासमेत आयोजना गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल