Birat Post मंगलबार, चैत्र २६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २६ चैत ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवं पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्ना छोराछोरीहरुलाई युरोप अमेरिका पठाएर जनताका छोराछोरीहरुलाई विश्वविद्यालयमा ढुंगा हान्न सिकाएको आरोप लगाएका छन् ।

मंगलबार राप्रपाको खबरदारी सभा सम्बोधन गर्दै उनले नेताका छोराछोरी युरोप अमेरिका पढ्न पठाउने अनि जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुंगा हान्न लगाउने लगाएको भन्दै शीर्ष नेताहरुमाथि प्रश्न समेत गरे । सांसद शाहीले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मालाई इंगित गर्दै यस्तो आरोप लगाएका हुन् ।

उनले देशमा भएका विश्वविद्यालयहरु राजाको कार्यकालमा बनेको दाबी गरे । उनले भने,‘२४ हजार ८ सय १८ वटा विद्यालय २०४४ मा बनेका छन् । त्यो तिमीहरुले बनाएको हो ? खुवै भाषण गर्नुहुन्छ कांग्रेसका गगन थापा र विश्व प्रकाशहरु । आज यहीबाट सुनाउन चाहन्छु, २४ हजार ८ सय १८ वटा विद्यालय राजाको पालामा बनेका हुन् । बाबुराम भटट्राईले पनि बुझ्नुपर्छ, राजाका पालामा पढ्न दिइँदैन भनेर जनता भड्काउने भनेर यस्तो झुटो कुरा गर्ने ?’

सांसद शाहीले थप भने ‘देशमा एउटा अस्पताल छैन । एउटा विद्यालय बनाउनु छैन । एउटा उद्योग कलकारखाना बनाउनु छैन । पार्टीको कार्यकता पाल्ने, देश लुट्ने, आफ्ना छोराछोरी विदेश पठाउने जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुंगा हान्न लगाउने ? त्यसका विरुद्ध आजको आन्दोलन हो ।’

उनले हालको व्यवस्थाले लुटेरा मात्र जन्माएको आरोप लगाउन भ्याए । उनले भने,‘यो १६ वर्षमा १४ वटा सरकार फेरे । १ हजार मान्छे मन्त्री भए । करिब ३ हजार सांसद् भए । ३१ वटा प्रदेश प्रमुख भए, मुख्यमन्त्री भए । ३० वटा प्रदेश प्रमुख, तीन जना राष्ट्रपति, तीन जना उपराष्ट्रपति अनि गाउँ गाउँमा छोटे राजा बनाएर देश लुट्ने ?’

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल