Birat Post शुक्रबार, चैत्र २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

इटहरी ,२९ चैत ।  चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई नेपाल ल्याइएको छ ।

नेपाल प्रहरीको विशेष ब्यूरोले झापाको काँकडभिट्टा हुँदै भारतमा पुगेर प्रसाईंलाई नियन्त्रणमा लिएको हो । भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट भद्रपुरको चन्द्रगढी विमानस्थलतर्फ लगिएको स्थानीय संचारकर्मी पर्वत पोर्तेलले जानकारी दिए ।

पोर्तेलका अनुसार प्रहरीको विशेष ब्युरोको टोलीले स्कर्टिङ गरी शुक्रबार विहान भद्रपुर विमानस्थलतर्फ लगिएको हो । उनलाई केहीबेरमा बुद्ध एयरको विमानमा काठमाडौं पठाउने तयारी गरिएको छ । बुद्धको ११ बजेको उडानमार्फत काठमाडौं लगिने बताइए पनि निश्चित भइसकेको छैन ।

झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले प्रसाईलाई पक्राउ गरेको सुन्नमा आएको बताए । प्रसाईं पक्राउ परे नपरेको बारे सञ्चारकर्मीको जिज्ञासामा अधिकारीले भने, ‘प्रसाईं पक्राउ परेको सुन्नमा आएको छ ।’

गत चैत्र १५ थते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईंलाई भारतमा पक्राउ गरी नेपाल ल्याइएको जनाइएको छ । तर प्रसाईंल भारतीय प्रहरी समक्ष आत्मसमर्पण गरेको जनाएका छन् ।

तर प्रहरी अधिकारीहरुले भने उनी पक्राउ परेको पुष्टि गरिसकेका छैनन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राख्ने कि काठमाडौं ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल