Birat Post मंगलबार, बैशाख ०२, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् ।

आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो ।

आन्दोलनलाई अझ सशक्त बनाउने उदेश्यसहित महासंघले विज्ञप्तिमार्फत गर्दै उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा सलग्न नहुन शिक्षक तथा कर्मचारीमा अपिल गरेको छ ।

साथै महासंघले देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन पनि आग्रह गरेको छ ।

यतिबेला देशभरका शिक्षकले काठमाडौंकेन्द्रित भएर सडक आन्दोलन थालेको आज १४ दिन पुगिसकेको छ । चैत २० गतेबाट सडक आन्दोलन सुरु गरेका उनीहरुले चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरेका थिए । दिनानुदिन  शिक्षकहरू आन्दोलनमा थपिँदै छन् । २०७५, २०७८ र २०८० मा भएका सहमति सम्बोधन हुने गरी यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायत विभिन्न १८ बुँदे माग राख्दै आन्दोलमा उत्रिएका हुन् ।

हालै ५ लाखभन्दा बढी विद्यार्थी एसईई परीक्षा दिएर बसेका छन् । ती विद्यार्थीको उत्तरपुस्तिका परीक्षण सुरु हुन सकेको छैन । एसईईको नतिजा असार पहिलो साता प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका छ । तर, त्यसअनुसार हुने छाँटकाँट देखिँदैन ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल