Birat Post बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १८ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश लगानीको लागि निकै अनुकूल भएको बताउनुभएको छ।

कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै उहाँले सडक सञ्जाल, कानुनी अवस्था र अन्यकुराहरुको कारण अहिलेको सवस्था अनुकुल रहेको बताउनुभयो । उहाँले कोशी प्रदेशमा सबैतिर सडक सञ्जाल जोडिएकाले कच्चा पदार्थ ढुवानी र उत्पादनलाई बजारसम्म पुर्याउन कुनै समस्या नभएको बताउनुभयो ।

हुलाकी राजमार्ग अन्तर्गत कनकाई र कमलामा पुल निर्माण भएलगत्तै चितवनसम्म सहज पहुँच हुने, माथिल्लो तर्फ एसियन मापदण्डको राजमार्ग निर्माण भइरहेकोले लगानी सुरु गर्दा बजारसम्म सामान पुगाउँदा राजमार्ग तयार भइसक्ने जानकारी दिनुभयो।

मदन भण्डारी राजमार्ग, कोशी, तमोर, किमाथांका, टिप ताला नाकाजस्ता स्थानहरू खुला भएकाले कोशी करिडोर निर्माण भइरहेको र जहाँसुकै सामान ढुवानी गर्न सकिने हुँदा लगानीकर्तालाई नडराई अगाडि बढ्न आग्रह गर्नुभयो।

उहाँले लगानीको वातावरण बनाउने प्रमुख कुरा भनेकै लगानीकर्ता र श्रमिकबीच कुनै खटपट नहुनु हो। श्रमिक र रोजगारदाताबीच समस्या देखिए पनि सहजै समाधान हुने र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सिद्धान्तअनुसार सन्धि कार्यान्वयन भएकाले आईएलओले नेपालप्रति सफलताको प्रशंसा गरेको बताउनुभयो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले अब भारतबाट सामान ढुवान गर्न सहज र सस्तो बनाउन जलमार्गको प्रयोग गर्ने गरी काम अघि बढ्ने बताउनुभयो । कोशी नदी र कर्णाली नदीमा जहाजमार्फत ढुवानी गर्ने गरी काम सुरु गरिएको उहाँले ताउनुभयो । गंगा नदीसम्म दुई नदीबाट कनेक्टिभिटी गर्ने उहाँले प्रस्ट्याउनुभयो ।

त्यसैगरी, कर्णाली र विराटनगर विमानस्थलको लम्बाइ बिस्तार गर्ने भन्दै प्रधानमन्त्री ओलीले बुढी खोलाको चौडाइ बढाएर विराटनगर विमानस्थलको लम्बाइ बढाउने काम सुरु गर्नुपर्ने धारणा राख्नुभयो।

सम्बन्धित

ताजा अपडेट
अध्यक्ष प्रचण्डले गरे नयाँ क्रान्तिकाे उद्घोष
कोशी प्रदेश लगानीको लागि अनुकूल : प्रधानमन्त्री ओली
लेखक संघद्वारा लेखक दिवसमा स्रष्टा सम्मान तथा सिर्जना वाचन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल