Birat Post शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ बैशाख । भारतको ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा हिजो (बिहीबार) फेरि एक नेपाली विद्यार्थी आफ्नो कोठामा पंखामा झुण्डिएको अवस्थामा फेला परेकी छिन्। त्यही इन्स्टिच्युटमा फेरी अर्को नेपाली विद्यार्थी शंकास्पद अवस्थामा मृत फेला पर्नु अस्वभाविक घटना भएको बताइन्छ ।त्यहाँ भएका विद्यार्थीहरुका अनुसार विरगंज घर भएकि युवती हुन् । अहिले अरु विद्यार्थीहरुलाई कलेजले होस्टलबाट बाहिर निस्किन दिएको छैन ।

ती छात्राको पहिचान प्रसा शाहा (१८ वर्ष) को रूपमा गरिएको छ। उनी बी.टेक साइन्सकी विद्यार्थी थिइन्। विद्यार्थीको मृत्युको बारेमा केआईआईटीका अधिकारीहरूबाट कुनै टिप्पणी आएको छैन। प्रहरी आयुक्त एस देव दत्त सिंहले विद्यार्थीको मृत्युको बारेमा दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको बताए। यसबारे प्रसाका आमाबाबुलाई पनि जानकारी गराइएको छ।

उनीहरू शुक्रबार भुवनेश्वर पुग्नेछन्। यसपछि मात्र पोस्टमार्टम गरिनेछ। प्रारम्भिक अनुसन्धानमा यो घटना आत्महत्याको देखिइको सिंहले बताए। यसअघि फेब्रुअरीमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालले पनि आत्महत्या गरेकी थिइन्।

सम्बन्धित

ताजा अपडेट
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन : १ बजेदेखि मतदान, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने
एमाले महाधिवेशनः ईश्वर पोखरेल समूहको बलियो उपस्थिति,स्वतन्त्र विद्रोह र प्यानलहरूबीच कडा टक्कर पर्ने सम्भावना
सुहाङ नेम्वाङले एमाले केन्द्रीय सदस्यमा दिए स्वतन्त्र उम्मेदवारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल