Birat Post शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ बैशाख /  व्यावसायिक खेलबाट सन्यास लिएको अष्ट्रियाको तिरोलस्थित हिप्पो तिरोल भलिबल क्लबमा आबद्ध खेलाडीहरुलाई नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)ले सम्मानसहित विदाई गरेको छ । अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकस्थित सेन्सी डिलाइट्स रेष्टुरेन्ट कौफहाउस तिरोलमा आयोजित कार्यक्रममा क्लबले खेलाडीहरुलाई सम्मानसहित विदाई गरेको हो । केही समयअघिबाट सञ्चालनमा आएको इन्स्ब्रुककै आकर्षक रेष्टुरेन्टमा क्लबले विशेष कार्यक्रम गरेर विदाई गरेको थियो ।

कार्यक्रममा नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)का अध्यक्ष दिलकुमार घमाल, पर्यटन व्यवसायी तथा समाजसेवी सोमत घमाललगायतले खादा लगाएर विदाई गरेका थिए । हिप्पो तिरोल भलिबल क्लबले आफ्नो इतिहासमा १३ औं च्याम्पियनसिप उपाधि जितेको थियो । हिप्पो अष्ट्रियाकै उत्कृष्ट भलिबल क्लबका रुपमा परिचित रहेको छ ।

आर्थिकमन्दीलगायत विविध कारणले हिप्पो भलिबल क्लबले व्यावसायिक जीवनबाट सन्यास लिनु निकै दुखद भएको नेपाली युरोपियन स्पोर्ट क्लबका अध्यक्ष घमालले बताए । अष्ट्रियामा मात्रै होइन युरोपमै चर्चित क्लबलाई आफूले सञ्चालन गरेको रेष्टुरेन्टमा आमन्त्रण गरेर सम्मानसहित विदाई गर्न पाउनु निकै राम्रो अवसर पनि भएको अध्यक्ष घमालको प्रतिक्रिया थियो ।

अध्यक्ष घमालले युरोपियन स्पोर्ट क्लबका तर्फबाट हिप्पो क्लबका खेलाडीहरुको आगामी जीवन थप सफल होस् भन्ने शुभकामनासमेत दिए । सन् २०२० मा स्थापित नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)ले बेला–बेला भलिबल प्रतियोगिता गर्नुका साथै विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएको छ । हिप्पो क्लबका खेलाडीहरुले रेष्टुरेन्टको अवलोकनसमेत गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल