Birat Post बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २५ बैशाख। नवराज सुबेदीको नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज नयाँ चरणको आन्दोलन घोषणा गर्ने भएको छ । समितिको आयोजनामा सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी छ ।

घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्ट पनि उपस्थित हुनेछन् ।

यस्तै नेपाली काङ्ग्रेस बीपीका सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी हिन्दूवादी संघ, संस्था र अभियानको सहभागिता रहने आयोजकले बताएका छन् ।

कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघ संस्थाहरूले अब हुने आन्दोलनमा समर्थन जनाउँदै प्रतिबद्धता जनाउने बताइएको छ ।  गत चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भएपछि राजवादीहरु एकै ठाउँमा संगठित भएका छन्

सम्बन्धित

ताजा अपडेट
विराट ट्रेड एक्स्पोमा पर्यटन छलफल: कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड
नेता कार्यकर्ताहरूलाई फर्किन कांग्रेसको आह्वान
काठमाण्डौं विश्वविद्यालयको ”ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स” अब एस्पायर कलेजमा अध्यापन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल