Birat Post बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २५ बैशाख । राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालिन आन्दोलनको घोषणा गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै समितिले तीन प्रमुख मागसहित आन्दोलनको घोषणा गरेको हो । परिवर्तनकारी र परम्परागत शक्तिबीच समाञ्जस्यता काय गर्दै राजसंस्था अटाउने गरि नयाँ समझदारी, सर्वधर्म समभावसहितको पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र बलियो स्थानीय सरकार उनीहरुकाे माग छ ।

आन्दोलन घोषणा गर्दै सुवेदीले भनेका छन्,‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रहसहितको आन्दोलन हुनेछ । राजा र जनताबीच षडयन्त्रपूर्वक टुटाइएको धागोलाई फेरि जोड्नेगरी आन्दोलन हुनेछ ।’

समितिको आन्दोलन सरकारविरूद्ध नरहेको विज्ञप्ति मार्फत जनाइएको छ । जनतामा निहीत सार्वभौम सत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ गर्नु आन्दोलनको मुख्य उद्देश्य रहेको समेत उल्लेख छ । परिवर्तनकारी शक्तिहरूले चाहेको खण्डमा संविधानको परिधिभित्रैबाट आफूहरूको माग सम्बोधन गर्न सकिने समेत विज्ञप्ति मार्फत सुवेदीले बताए ।

आन्दोलनमा राप्रपा, राप्रपा नेपाल सहितका राजनीतिक दल र विभिन्न समूहहरूले समेत ऐक्यवद्धता जनाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल