Birat Post शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २६ बैशाख। अतिवादी समूह हमासको कब्जामा रहेका विपिन जोशी अझै सम्पर्कविहीन छन् ।

टाईम्स अफ इजरायलमा प्रकाशित समाचार अनुसार इजरायली अधिकारीहरूले विपिन जोशी अझै जिवितै रहेको प्रमाण नभेटिएको बताएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले २१ बन्धक जीवित रहेको र अन्य तीन बन्धकको भाग्यबारे गम्भीर आशंका रहेको बताएको एक दिनपछि इजरायली अधिकारीहरूले यस्तो खुलासा गरेका हुन् ।

हालसम्म आधिकारिक रूपमा मृत घोषित नगरिएका दुई विदेशी बन्धकहरूमा नेपालका बिपिन जोशी र थाइल्याण्डका पिन्टा नट्टापोङ रहेका छन्। एकजना भने इजरायली नै हुन् ।

ती अधिकारीले थप जानकारी दिँदै भने, “उनीहरूका परिवारलाई यो स्थितिको बारेमा पहिले नै जानकारी गराइएको छ।” इजरायली बन्धकका परिवारलाई जसरी सहयोग गरिन्छ, त्यसरी नै विदेशी बन्धकका परिवारलाई पनि इजरायल सरकारले सहयोग गरिरहेको उनकाे भनाइ छ ।

हमास र अन्य आतंककारी समूहहरूले हाल ५९ जनालाई बन्धक बनाएका छन्, जसमध्ये ३५ जनाको मृत्यु पुष्टि भइसकेको छ । मृत्यु हुनेहरूमा ३२ जना इजरायली र ३ जना विदेशी नागरिक रहेका छन्।

७ अक्टोबर २०२३ मा इजरायलमा हमास समूहले आक्रमण गर्दा अपहरणमा परेका जोशीलाई गाजातर्फ लगिएको थियो । हालसम्म उनको अवस्था अझै अज्ञात छ । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । विपिनको खोजी गरिदिन र रिहाइका लागि सरकारले पटकपटक आग्रह गरे पनि उनको अवस्थाबारे कुनै जानकारी हासिल भएको छैन। जोशीको बारेमा पत्ता लगाइदिन र रिहाइका लागि उनका परिवारले प्रधानमन्त्री, विभिन्न दलका नेता, इजरायलका रादूतलगायतलाई पनि भेटेर आग्रह गरेका थिए।

 

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल