विराटनगर,२६ बैशाख ।
नेपाल नर्सिङ संघ मोरङको अध्यक्षमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित भएकी छिन् । हालै भएको संघको निर्वाचनबाट नेतृत्वमा पहिलोपटक कांग्रेस निकट योन्जन नेतृत्वमा आएकी हुन् ।
उनी नेपाल नर्सिङ युनियनको मोरङको अध्यक्ष तथा नेपाल निजामती कर्मचारी युनियनको पूर्व मोरङ जिल्ला उपाध्यक्ष भएर कार्यभार सम्हाली सकेकी छन् । प्रजातान्त्रिक धारको बहुमत भएपनि सहमतिमा नेतृत्व चयन गरिएको योन्जनले जानकारी दिइन् । झण्डै एक दशक भन्दा बढी समयदेखि बामपंथीधारले नेपाल नर्सिङ संघ मोरङको नेतृत्व लिएको थियो ।
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित
संघको निर्वाचनबाट उपाध्यक्षमा अन्जु खनाल, सचिवमा सरस्वती न्यौपाने, उप-सचिवमा मीना अधिकारी र कोषाध्यक्षमा उषा राय निर्वाचित भएकी छन् । यस्तै सदस्यहरुमा रञ्जीता खनाल, रुवी शर्मा, एलिशा पोखरेल, नम्रता राना, गंगा अधिकारी र जयन्ती कुमारी निरौला रहेका छन् ।
संघमा मञ्जु यादव प्रमुख सल्लाहकार, अजिता बराल विशेष सल्लाहकार, इन्दिरा बराल, मधुरा नेपाल, ऐतुमाया क्षेत्री, अन्जुला कार्की, दिप्ती सुब्बा र निला सुब्बा सल्लाहकार रहेका छन् । योन्जनको नेतृत्वमा समिति बने संगै संघमा कांग्रेस निकट नर्सहरुको बर्चस्व बढेको छ ।