Birat Post आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यही जेठ १५ गतेदेखि काठमाडौँ केन्द्रित जनआन्दोलन सफल पार्नकालागि कांग्रेसका हिन्दुवादी खेमाका नेताहरुसंग संवाद भइरहेको खुलासा गरेका छन् ।

आइतबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले कांग्रेसका उच्च तहका नेताहरु तथा केही सांसदहरुसंग नजिकवाट कुरा भइरहेको दावी गरे । यस्तै नेकपा एमाले,नेकपा माओवादीका समेत केही सांसद तथा नेताहरुसंग समेत छलफल भइरहेको उनको भनाइ थियो । उनले भने, “उहाँहरुको पनि राजनैतिक दायराको कुरा छ । म यी नेताहरु संग कुरा भएको भनेर चाही भन्दिन । यति भन्छु उहाँहरुले आन्दोलनलाई सहयोग गर्नु हुन्छ ।”

काठमाडौँको सडक जनआन्दोलनमा धेरै भन्दा धेरै संख्यामा जनतालाई सहभागिता गराउन आफू प्रचार–प्रसारका लागि जिल्ला दौडाहामा रहेको बताए । आइतबार विराटनगरमा पत्रकारसँग भेटघाट गरेर अध्यक्ष थापा सुनसरीको कार्यक्रममा सहभागी भएका थिए ।

भ्रष्ट शासन प्रणाली विरुद्ध काठमाडौँको सडकमा जनता उतारेर सडकबाटै जनआन्दोलनलाई सफल बनाउने उद्देश्यका साथ विभिन्न अभियान तथा दलका ४४ घटकहरु आन्दोलनको तयारीमा जुटेको अध्यक्ष थापाले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सडक जनआन्दोलनको मुख्य घटक राजनीतिक दल रहेको अध्यक्ष थापाले बताए ।

नेपालको संविधान २०७२ लाई संशोधन गरेर राजसंस्थालाई पुनर्स्थापना गरेको खण्डमा जनआन्दोलन फिर्ता हुन सक्ने अध्यक्ष थापाले बताए । हिन्दु राज्य र राजसंस्थाको स्थापना, प्रदेश खारेज गरेर केन्द्र र स्थानीय तह गरी दुई तहको सरकार, भुईँ मान्छेलाई राहत प्रदान र सुशासन एवं समृद्धिका लक्ष्य जनआन्दोलनको बटम लाइन रहेको अध्यक्ष थापाले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उपाध्यक्षद्वय बल्लभप्रसाद दाहाल र तेजकुमार कुरुङबाङ, कोशी प्रदेश अध्यक्ष माधव आचार्य पत्रकार सम्मेलनमा सहभागी थिए ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल