Birat Post आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी ४ जेठ : सुनसरीको वराहक्षेत्र नगरपालिका–१ खारखोलामा अफ्रिकन स्वाइन फिभर फैलिँदा ३१ वटा बंगुर मरेका छन् भने ६० भन्दा बढी बंगुरमा संक्रमण देखिएको छ।

नगर पशु शाखाका प्रमुख विमल अधिकारीका अनुसार कुमार विकको बंगुर फर्मबाट सुरु भएको संक्रमण कृष्ण भुजेल र सुभा श्रेष्ठका फर्मसम्म फैलिएको छ।

संक्रमणको पुष्टि भएपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी र पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरको टोली क्षेत्रमै खटिएको छ।

यो रोग वराहक्षेत्र नगर क्षेत्रमा पहिलो पटक देखिएको हो। प्रभावित क्षेत्रमा मल्टी भिटामिन, एन्टिबायोटिक औषधि वितरण र जैविक सुरक्षा उपाय अवलम्बन गरिनुका साथै बंगुरको ओसारपसार रोकिएको छ।

नगरपालिकाले संक्रमण फैलिन नदिन सचेतना कार्यक्रम, फर्महरूको निरीक्षण र औषधि वितरणसमेत थालेको छ। संक्रमित क्षेत्रलाई शिलबन्दी गरिएको छ। अधिकारीले किसानलाई थप सतर्क रहन आग्रह गरेका छन्।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल