Birat Post आइतबार, जेठ ११, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आगामी संसद् बैठक सामान्य नहुने चेतावनी दिएका छन् । आज (आइतबार) रास्वपा केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भिजिट भिसा प्रकरणलाई लिएर अगाामी बैठक सामान्य नहुने बताएका हुनु् ।

‘संसद्मा के गर्नुहुन्छ भनेर रणनीतिक रुपमा म तपाईँहरुको अगाडि खुलाउन चाहन्नँ । तर, पर्सीको संसद् बैठक सामान्य हुने छैन । यतिमात्रै अहिले भन्छु,’– उनले भने ।

साथै, भिजिट भिसा प्रकरणमा कर्मचारीले गल्ती गरेको भनेर गृहमन्त्री रमेश लेखकले आफ्नो संलग्नता स्वीकार गरिसकेको उनको दाबी छ । नेता झाले कर्मचारीले बदमासी गर्यो भनेर मन्त्री लेखकले उन्मुक्ति नपाउने बताए ।

‘पर्सी सदनमा हामी कसरी उपस्थित हुने र भर्खरै खुलेको भिजिट भिसा, मानव तस्करी काण्ड, त्यसमा वर्तमान गृहमन्त्रीको संलग्नता र उहाँले एउटा कुरा स्वीकारिसक्नुभयो कि कर्मचारीले बदमासी गर्यो भनेर । बदमासी त कर्मचारीबाटै हुन्छ नि । गृहमन्त्री गएर त त्यहाँ टाँचा लगाउन बस्नुहुन्न । उहाँको त्यही संयन्त्रले त बदमासी गर्छ । मन्त्री गएर एयरपोर्टमा बसेर टाँचा लगाउने हो र ? होइन नि । कार्यान्वयन हुने कर्मचारीबाटै हो,’– उनले भने ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल