Birat Post सोमबार, जेठ १२, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ जेष्ठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा आरोहणको यात्रा पूरा नगरी सोमबार काठमाडौं फर्केका छन्।

मौसमी प्रतिकूलताका कारण अरू धेरै आरोहीहरूसँगै शर्मा पनि आरोहण पूरा नगरी फर्केका हुन्। उनले सामाजिक सन्जाल फेसवुकमा यस्तो लेखेका छन् :

यसपालिको उपलब्धि मंसिर २८ मा आरोहण गरेको लोबुचे हिमाल ( ६१४५ मिटर ) भन्दा माथी, सगरमाथा Camp 3 (७२०० मिटर) नजिक । `सेमिफाइनल´ सगरमाथा बेसक्याम्प´सम्म, भनिराखेर हिंडेको मान्छे `ट्रेनिङ´ ले उर्जा दिएपछि, काठमाडौ सम्पर्क गरेर अनुमति पत्र मगाएर , `खुम्बु आइसफल´ पार गर्दै, camp 1 र 2 मा बासबस्दै Camp 3 नजीकबाट फिर्ता ।  यु-ट्युबमा हेरे भन्दा धेरै जोखिमपूर्ण रहेछ खुम्बु आइसफल ।   
खराब मौसमले फर्किएका मध्ये संभवत भोलि 27 र 28 May दुइ मध्ये एकदिन आदरणीय कामिरिता शेर्पा र भारती सैनिक टिमले आरोहण गर्नेछन् ।   May 24 लाई निर्धारित हाम्रो आरोहणलाई मौसमले धकेलेर May 29 मा पुर्यायो ।  आज सोमबारको रात हामी पुन खुम्बु आइसफलको बाटो हिँड्नु थियो, तर बिहानै मौसमको ताजा विवरण दिँदै मित्र दावा शेर्पाले भन्नुभयो- May 29 को अन्तिम दिन मौसम झनै खराव देखायो ।   29 May पछि आरोहण गर्न पाइन्न, त्यसकारण यसपालि यत्तिमै बिट मारौं होला । 
बैशाख २७ मा बेसक्याम्प पुगेर, छोटो समय ट्रेनिङ लिएर, एउटा निश्चित उचाईसम्मको अनुभव प्राप्त गर्न पाउँदा सन्तोष व्यक्त गर्दै तपाईं सबैको शुभेच्छाप्रती हृदयले आभार व्यक्त गर्दछु।  सगरमाथा त्यहीँ छँदैछ, म यहीँ छँदैछु, तपाईंको शुभेच्छा पाउनेछु नै, अनि समय फेरि आउनेछ नै । 

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल