Birat Post मंगलबार, जेठ १३, २०८२ मा प्रकाशित

featured photo: Birat Post

 

काैशल निराैला

विराटनगर,१३ जेष्ठ । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.शेखर काेइरालाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले काठमाडौं कब्जा गर्न कार्यकर्तालाई दिएको निर्देशन गैरजिम्मेवार पूर्ण रहेको बताएका छन् ।

प्रधानमन्त्री तहबाट आएका यस्ता अभिव्यक्ति मानव अधिकारका मूल्यमान्यताविपरीत,लाेकतान्त्रीक व्यवस्था,नीति,नियम र सिद्धान्त मिचेर गरिने सवैखाले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति तथा कार्यहरू निरङ्कुशताकाे प्रतीक हुन् काेइरालाले भने,”यसकाे खुलेर बिराेध गर्नुपर्छ ।”

जीपी काेइराला लेबर फाउन्डेसनद्वारा विराटनगरमा मंगलबार  आयाेजित कार्यक्रममा बाेल्दै काेइरालाले प्रधानमन्त्री जस्तो मानिसले जथाभावी बाेल्दै हिड्ने कुरा सुहाउँदो भएन । सरकारले देश चलाउने हाे,या की दलले कब्जा गर्ने हाे ?

यस्तै नेपाली कांग्रेस केन्द्रीय समितिले राजावादीको आन्दोलन , प्रधानमन्त्री र गृहमन्त्रीको सवालमा छलफल गर्ला भन्ने ठानेको थिए ,मेरा विषयमा पाे छलफल भएछ ! आश्चर्य व्यक्त गर्दै काेइलाले भने याे सवैले हेरिरहेका छन् । कांग्रेस कार्यकर्ताले पनि बुझ्न आवश्यक छ ।

गत आइतबार पार्टीको एक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै निर्देशनात्मक अभिव्यक्ति दिएका थिए । यसकाे चाैतर्फी विरोध भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
सातै प्रदेशले ल्याए बजेट, कुनको कति ?
७ वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
आजको मौसम : भारी देखि धेरै भारी वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल