Birat Post बुधबार, जेठ १४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले कम्तिमा एक हप्ता काठमाडौंमै बसेर आन्दोलन गर्नेगरी तयारीमा रहन आह्वान गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै  लिङदेनले यस्तो बताएका हुन् । जेठ १५ गतेदेखि राजावादीहरुले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र कायम नभएसम्म आन्दोलन जारी राख्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सरकारले दमनबाटै ठिक लगाउने भन्ने हिसावले र कार्यक्रम अवरोध गर्नेतर्फ अघि बढ्यो भने प्रतिकार जरुरी हुने लिङदेनले बताए ।

सरकारबाट आन्दोलनमा अवरोध गरेको खण्डमा हातमा दही जमाएर नबस्ने चेतावनी उनको छ ।जेठ १५ को आन्दोलन मुल आन्दोलन भएकाले कम्तिमा एक हप्ता काठमाडौं बस्नुपर्छ भन्ने सोचका साथ तयारी गर्न आग्रह गरे ।

अध्यक्ष लिङदेनले जेठ १५ गतेको प्रदर्शन पूर्ण रुपमा शान्तिपूर्ण हुने बताउँदै प्रदर्शनमा हुनसक्ने घुसपैठप्रति सचेत रहनुपर्ने बताए । आन्दोलन हिंसात्मक बनाउन सरकार, सरकारबाट सञ्चालित संयन्त्रहरु क्रियाशिल हुनसक्ने भन्दै सचेत रहन आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति हार्ने बेलामा आत्तिएर आएको बोली जस्तो आइरहेको उनको दाबी छ ।

सम्बन्धित

ताजा अपडेट
सातै प्रदेशले ल्याए बजेट, कुनको कति ?
७ वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
आजको मौसम : भारी देखि धेरै भारी वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल