काठमाडौं १५ जेष्ठ। राजावादी दल र समूहले आजदेखि भद्र अवज्ञा आन्दोलन शुरु गर्ने भएका छन । विभिन्न ४५ वटा राजावादी–हिन्दुवादी दल र समूह एकीकृत भएर आन्दोलनको तयारी गरेका हुन् । रत्नपार्कलाई केन्द्र बनाएर आन्दोलन निरन्तर अघि बढाउने राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलन समितिले जनाएको छ ।
भद्र अवज्ञा आन्दोलनको जगमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना तथा प्रदेश संरचना खारेज हुने विश्वास राजावादी–हिन्दुवादी नेताहरूको छ । भद्र र अवज्ञा आन्दोलनमा दुई हजारभन्दा बढी स्वयंसेवक परिचालन गर्ने तयारी राजसंस्था समर्थकको छ ।
आन्दोलनका क्रममा मञ्च खडा गरेर सभा नहुने बताइएको छ । आन्दोलनको अग्रपंक्तिमा शीर्ष नेताहरू रहने बताइएको छ । आन्दोलन शान्तिपूर्ण र सत्याग्रहमा आधारित हुने दाबी समेत आयोजकको छ ।