Birat Post शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ जेष्ठ । विराटनगरमा ‘नेपाली चलचित्रमा साहित्य विषयक गोष्ठी तथा चलचत्रि निर्माण सम्बन्धी तीनदिने कार्यशाला–२०८२’ बिहीबारदेखि शुरू भएको छ । चाँदनी फिल्म विराटनगरको आयोजना र चलचित्र विकास बोर्ड, काठमाडौको सहकार्यमा कोशी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री रेवती रमण भण्डारीले कार्यशालाको उद्घाटन गरेका थिए ।

साहित्यकार एवं गजलकार मधु पोखरेलले अध्यक्षता गरेको कार्यक्रममा बोल्दै चाँदनी फिल्मका अध्यक्ष केशब रायमाझीले साहित्कार र चलचित्रकर्मीबीचको प्रगाढ सम्बन्ध स्थापनाका लागि कार्यशाला सहयोगी सिद्ध हुने बताए । उनले साहित्यको सानो दायरालाई ठूलो दायरामा पु¥याउन चलचित्रले मद्दत गर्ने बताए ।

अर्का वक्ता प्राध्यापक रमेश दाहालले साहित्य र चलचित्रका विविध आयामबारे आख्यान दिँदै साहित्यकारले चलचित्रमा कसरी लेख्ने भनेर कार्यशालाले सिकाउने बताए । प्राध्यापक दाहालले साहित्य र चलचित्रको सम्बन्ध समाजसँग भएकोले दुवैले सामाजिक मूल्य र मान्यता, विकृति र विसङ्गति अनि समाज रूपान्तरणको सवाललाई गहनताकासाथ उठाउने गरेको बताए । उनले साहित्यको उत्कृष्टता कलम र चलचित्रको क्यामेरा रहेको बताए । प्रशिक्षक विजय सुब्बाले चलचित्रमा प्रयोग गरिने भाषा साहित्यमा प्रयोग गरिने भाषाभन्दा फरक भएपनि सन्देश एउटै हुने बताए ।

मन्त्री भण्डारीले कोशी प्रदेश सरकार साहित्य र चलचित्रको विकासका लागि दृढ रहेको बताए । उनले साहित्य र चलचित्र क्षेत्रको उन्नयनका लागि सरकार गम्भीर रहेको बताए । कार्यक्रममा चलचित्र क्षेत्रमा लामो समय योगदान गरेका निर्देशक सन्तोष सरकार, गायक दिनेश राई, नृत्य निर्देशक कविता भुषाल लगायतलाई सम्मानित गरिएको थियो । कार्यक्रममा गायक नितिन गजुरेल, रामा मण्डलले गीत गाएका थिए भने स्थानीय कलाकारले विभिन्न भेषभुषामा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । आधा दर्जन साहित्यकारहरूले आ–आफ्नो सिर्जना वाचन गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
भैरहवामा सुरु भयाे रास्वपाकाे संसदीय दलको बैठक
कोशीमा हात्तीको आक्रमणबाट दुई दशकमा ९७ जनाको मृत्यु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल