Birat Post शुक्रबार, जेठ १७, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति फेरि लड्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत काम गर्न नहुने र सही काम गर्न नसके चुप लागेर घरमै बस्न सुझाव दिए।

उनले दिनानुदिन भ्रष्टाचारले अफ्ठ्यारो पारिरहेको भन्दै सुशासन दिन सक्नुपर्ने बताए। पदाधिकारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँ एमालेको कब्जामा राख्नुपर्छ भन्ने अभिव्यक्ति दिएकोबारेमा छलफल हुने सोचे पनि आफ्नोबारेमा छलफल भएको भन्दै आपत्ति जनाए।

उनले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिप्रति राष्ट्रिय ममानव अधिकार आयोगले सचेत गराएपछि प्रधानमन्त्री आयोगको वार्षिकोत्सव कार्यक्रममै बहाना बनाएर नगएको आरोप लगाए।

उनले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छौँ भन्दै प्रश्न गरे।

‘राष्ट्रिय मानव अधिकार आयोग, जसलाई संवैधानिक अधिकार दिएको छ। उहाँहरुले पनि वक्तव्य जारी गरिकन प्रधानमन्त्रीले यसरी बोल्नु हुँदैन भन्नुभयो। भोलिपल्ट १४ गतेको दिन प्रधानमन्त्रीजी त्यहाँ जानुपर्ने थियो। उहाँले वार्षिकोत्सवमा बहाना बनाएर जानु भएन। प्रधानमन्त्रीजीलाई फुर्सद भएन भनियो। राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छौँ?’

उनले एमालेको जुलुसभन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस ठूलो हुनु युवाहरुमा आएको नैराश्यताको परिणाम भएको बताए। उनले अहिलेका नेताहरुको आचरण लोकतान्त्रिक गणतन्त्रको नभएको बताए।

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस र एमालेको जुलुस के थियो भन्ने कुरा छुनुभयो। किन कमजोर भयो? किनभने हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्रको आचरण नै भइरहेको छैन। युवाहरुमा नैराश्यता रहेको छ। उनीहरुले बाटो खोजिरहेका छन्। उनीहरुले राजाको शासनकाल कस्तो थियो, उनीहरुले त यही ४ जनाको म्युजिकल चियर देखेका छन्। अनि उनीहरु कहाँ जाने? हामीले असल काम गरेर युवाहरुको मन जित्न सक्नुपर्छ।’

सम्बन्धित

ताजा अपडेट
आन्दोलनमा सहभागी नेता तथा कार्यकर्ताहरु पक्राउ परेसंगै राजावादीहरु थप आक्रामक
राजाबादी आइलाग्छन् भने ईटको जवाफ पत्त्थरले दिने हो : प्रचण्ड
राजावादीहरुद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल