Birat Post शुक्रबार, जेठ १७, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ जेष्ठ । आदर्श माध्यमिक विद्यालयमा ४२ औँ युवा तथा जुनियर रेडक्रस सर्कल गोष्ठी शुक्रबार सम्पन्न भएको छ। दुइदिनसम्म चलेको कार्यक्रममा मोरङ जिल्लाभरिका १०४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका युवा तथा जुनियर रेडकस सर्कलका संरक्षक, शिक्षक नायक तथा विद्यार्थी सहित ४१६ जना विद्यालयका प्रतिनिधि, रेडक्रस उपशाखाका प्रतिनिधिहरू, जिल्ला रेडक्रस शाखाका पदाधिकारी तथा सदस्यहरू, रेडक्रस कर्मचारीहरू, आदर्श माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरू सहित ७०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका थिए । कार्यक्रममा बोल्दै मेयर कोइरालाले रेडक्रसले आफ्नो गरिमालाई उच्च बनाएर काम गरिरहेको भन्दै प्रशंसा गरे । उनले आगामी दिनहरुमा पनि बिपद व्यवस्थापन लगायत मानवीय कार्यमा रेडक्रसको भुमिका अझ सशक्त बन्ने आशा ब्यक्त गरे । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल,रेडक्रस मोरङ जिल्ला शाखाका सभापति सुकदेव मण्डल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुली,आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल,सहायक प्रधानाध्यापक इन्द्र चौहान लगायतको उपस्थिति रहेको थियो।

आदर्श माध्यमिक विद्यालय युवा रेडक्रस सर्कलका अध्यक्ष प्रसिद्धि भट्टराईको सभापतित्वमा भएको थियो । दुई दिनसम्म सञ्चालन भएको उक्त आवासीय कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक,शिक्षक तथा विद्यार्थीहरूले रेडक्रस र यसले गर्ने कार्यहरू तथा विपद व्यवस्थापन, प्राथमिक उपचार लगायतका विषयहरूमा प्रशिक्षण लिएका थिए । कार्यक्रमको समापन समारोहमा विराटनगर महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा वर्षभरिमा विभिन्न प्रतिस्पर्धामा भाग लिएका विद्यालयहरू तथा विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो।

 

सम्बन्धित

ताजा अपडेट
स्कटल्यान्डले नेपाललाई दियो २९७ रनको लक्ष्य
दिवंगत राजपरिवारको सम्झनामा दीप प्रज्वलन,हिमानी, हृदयेन्द्रसहित राजाबादीको बाक्लो उपस्थिती
आन्दोलनमा सहभागी नेता तथा कार्यकर्ताहरु पक्राउ परेसंगै राजावादीहरु थप आक्रामक

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल