विराटनगर,१७ जेष्ठ । किराँत याक्खा छुम्मा विराटनगर महानगर कार्य समितिको अध्यक्षमा प्रेम देवान (लुङवा) सर्वसम्मतले चयन भएका छन् ।
विराटनगरमा शनिबार सम्पन्न किराँत याक्खा छुम्मा विराटनगर महानगर कार्य समितिको तेस्रो अधिवेशनले लुङवाको अध्यक्षतामा १४ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा बालकुमारी याक्खा, सचिवमा सतिश देवान, सहसचिव हुविन्द्रराज याक्खा, कोषाध्यक्ष लिना जिमी याक्खा र सह कोषाध्यक्ष चन्द्रकला तुम्बा चयन भएका हुन् ।
त्यस्तै, विक्रम देवान, पुष्पकला देवान याक्खा, इन्द्रमाया राई याक्खा, शान्ता सिखंडा याक्खा, लक्ष्मी याक्खा, चन्द्र कोङरेन याक्खा, निशा देवान याक्खा, नर्वदा याक्खा र युविना जिमी सदस्यमा चयन भए ।
त्यसैगरी, समितिको सल्लाहकारमा बिनादेवी जिमी, भूपेन्द्र देवान कानुनी सल्लाहकार, प्रदीप देवान आर्थिक सल्लाहकार र विमला लिम्बुखिम रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष देवानले विराटनगरमा छरिएर रहेका याक्खाहरूलाई एकै थलोमा जम्मा भेला गराएर आफ्नो भाषा, लिपी, धर्म, संस्कार, संस्कृतिलाई जर्गेना गर्ने बताए ।
उनले अहिलेको पुस्ताले आफ्नो धर्म संस्कृति बिर्सँदै गएकाले युवा पुस्ताले आफ्नो संस्कार र संस्कृतिको जर्गेना गर्नुपर्ने औँल्याए ।
कार्यक्रममा किराँत याक्खा छुम्माका पूर्व केन्द्रीय कोषाध्यक्ष भूपेन्द्र देवान, किराँत याक्खा छुम्मा मोरङका उपाध्यक्ष प्रमिला आङ्देम्वे देवान, जिल्ला सदस्य शम्भु देवान, सल्लाहकार प्रदीप देवान, विमला लिम्बुखिमलगायतको उपस्थिति रहेको थियो ।