Birat Post आइतबार, जेठ १८, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्तासहित राजावादीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरेका छन् । राजावादी समूहको आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपकबहादुर सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

काठमाडौंको कालोपुल आसपासको क्षेत्रमा राजावादी समूहहरुले पुत्ला दहन गरेका थिए । उनीहरुले सासद सिंह र राप्रपा नेपालका अध्यक्ष थापाको रिहाइको माग गरेका छन् । आज नक्सालको नारायण चौरबाट जुलुुस लिएर बालुवाटारतर्फ अगाडि बढ्ने क्रममा प्रहरीले राप्रपाका अध्यक्ष थापासहित २२ जनालाई पक्राउ गरेको थियो । सांसद सिंहलाई भने अध्यक्ष थापालाई भेट्न गएको ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल