Birat Post बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित

featured photo: Birat Post

सप्तरी, २२ जेठ । सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा दुई जना सशस्त्र प्रहरीका गोताखोर बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बलका जवान सुरज साउद र हरदेव राजवंशी बिहीबार अपरान्ह अभ्यासको क्रममा नदीमा बगेर हराएका हुन्।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार उद्धार अभ्यास हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको ५४ र ५५ नम्बर ढोकाको उत्तरतर्फ भइरहेको थियो। अपरान्ह ४ बजेको आसपासमा गोताखोरहरू नदीमा खसेर बेपत्ता भएको जानकारी प्राप्त भएको छ।

बाढी र पहिरोको समयमा उद्धार कार्यमा प्रयोग हुने सीप अभिवृद्धि गराउने उद्देश्यले सशस्त्र प्रहरी बल, मधेश प्रदेश कार्यालयले सो अभ्यास सञ्चालन गरेको हो। अभ्यासकै क्रममा अनपेक्षित रूपमा दुई जना सुरक्षाकर्मी बेपत्ता भएका हुन्।

उनीहरूको खोजीका लागि सुनसरी र सप्तरीबाट सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। खोजी तथा उद्धार कार्य तीव्र पारिएको जनाइएको छ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल