Birat Post आइतबार, जेठ २५, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २५ जेष्ठ। मनसुन कोशी प्रदेशबाट अन्य मुलुकतिर फर्केको छ । नेपालमा मनसुन खण्डित भएको छ ।

जेठ १५ गते राति नेपाल भित्रिएको मनसुन देशभर फैलन नसकी कोशी प्रदेशबाटै अन्यत्र बाहिरिएको हो । जसकारण नेपालमा मनसुनी वर्षा निस्क्रिय बनेको छ ।  मनसुन देशव्यापी रूपमा विस्तार हुन नसक्दा विभिन्न भेगमा अचाक्ली तापक्रम बढेसँगै खडेरी हुन थालेको छ ।

पूर्वी एसिया क्षेत्रमा भने बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट तानिएर उता सोहोरिएको मौसमविदको भनाइ छ । कोशीमा आएर अड्केको मनसुनी वायुले वातावरण बनाउँदा त्यही बनेका स्थानीय प्रणालीसँग मिसिएर अहिले पनि हल्कादेखि मध्यम वर्षा गराइरहेको छ ।

यो वर्ष जल तथा मौसम विज्ञान विभागले मनसुनमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ । यो वर्ष तापक्रम पनि उच्च रहने प्रक्षेपण विभागले गरेको छ । यसलाई पनि अहिलेको मनसुन ब्रेकले सघाएको छ । कोशीबाहेकका छ वटा प्रदेशमा गर्मी बढ्दै गएको छ ।

सुदूरपश्चिम र मध्यक्षेत्रका तराई भू–भागमा गर्मी अधिक बढेको छ । धनगढी, नेपालगन्ज, भैरहवालगायतका जिल्लामा ३८ देखि ३९ डिग्री सेल्सियस आसपास अधिकतम तापक्रम पुगेको छ । पूर्वी तराईमा ३६ डिग्री आसपास अधिकतम तापक्रम पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल