Birat Post सोमबार, जेठ २६, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडाैं,२६ जेष्ठ  । पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउँदै दोस्रो पटक यूईएफए नेसन्स लिगको उपाधि जितेको छ । म्युनिखमा भएको रोमाञ्चक फाइनल खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो। पोर्चुगलले यसअघि सन् २०१९ मा पहिलो पटक यो उपाधि जितेको थियो।

खेलको सुरुमै रोबर्टो मार्टिनेजको पोर्चुगल टोली पछि परेको थियो। २२ औं मिनेटमा मार्टिन जुबिमेन्डीले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। तर, पोर्चुगलका लागि उत्कृष्ट प्रदर्शन गर्दै नुनो मेन्डेसले तत्कालै बराबरी गोल फर्काए। हाफ टाइमको अन्तिम समयमा मिकेल ओयारजाबलले गोल गर्दै स्पेनलाई फेरि अग्रता दिलाए। तर, दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोले ६१ औं मिनेटमा आफ्नो १३९ औं अन्तर्राष्ट्रिय गोल गर्दै खेललाई पुन: बराबरीमा ल्याए।

खेलको अन्त्यतिर रोनाल्डोलाई चोट लागेर मैदानबाट बाहिरिनुपरेको थियो। यस जितसँगै पोर्चुगल नेसन्स लिगको उपाधि दुई पटक जित्ने पहिलो टोली बनेको छ।त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयमा पनि गाेल हुन सकेन । राफेल लियाओले बायाँबाट लगातार आक्रमण गरे पनि प्रयास सफल भएन । अतिरिक्त समयको अन्त्यमा डिएगो जोटाले हेडमार्फत प्रहार गरेको बल लक्ष्यभन्दा माथि गयो। त्यसपछि पेनाल्टी सुटआउटमा मोराटाको खराब प्रहारलाई कोस्टाले बचाए र रुबेन नेभ्सले आत्मविश्वासी ढंगले गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे।

सम्बन्धित

ताजा अपडेट
सातै प्रदेशले ल्याए बजेट, कुनको कति ?
७ वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
आजको मौसम : भारी देखि धेरै भारी वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल