Birat Post बुधबार, जेठ २८, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं२८ जेष्ठ। सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय आगामी असार १८ गते सुनाउने भएको छ । आज सुनाउने भनिएको फैसला आगामी असार १८ गतेका लागि सरेको हो ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै देशको नेतृत्वमा छँदा २०७७ माघ २१ मा ३२ जना र २०७८ असार १० गते २० जना गरी ५२ जनालाई अख्तियारसहित विभिन्न संवैधानिक आयोगमा नियुक्त गरिएको थियो । तर ती नियुक्ति संविधानविपरित भन्दै सर्वोच्चमा १५ वटा रिट परेका थिए । तर रिटको सुनुवाइमा ढिलाइ हुँदै आएको थियो ।

साढे ४ वर्षपछि गत माघ ३० गतेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरेपछि बल्ल यो मुद्धाले गति पाएको हो । त्यसअघि यो मुद्दाको सुनुवाइले प्राथमिकता पाएको थिएन । नियुक्तिसम्बन्धी विवादका रिटमा प्रारम्भिक सुनुवाइको पालो नै एक वर्षभन्दा पछि मात्र आएको थियो ।

संवैधानिक इजलासले यही जेठ २ गतेको अन्तिम बहसपछि जेठ २८ गते निर्णय सुनाउने मिति तोकेको थियो । तर, विभिन्न कारणवश आज फैसला नआउने भएको हो ।

सम्बन्धित

ताजा अपडेट
आज साउन १५ : खिर खानुपर्छ भन्ने सामाजिक मान्यता
बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
भैरहवामा सुरु भयाे रास्वपाकाे संसदीय दलको बैठक

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल