विराटनगर,२९ जेष्ठ । नेतृ शैलजा आचार्यको निष्ठा र त्यागको राजनीति वर्तमान अवस्थामा उत्तिकै सान्दर्भिक रहेको भन्दै दलहरुले त्यसलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएको छ ।
आचार्यको १६ स्मृति दिवसको अवसरमा कृष्णप्रसाद कोइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृती पोलिटेक्निकद्धारा मोरङमा बिहिबार आयोजित कार्यक्रमका सहभागिहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले शैलजा आचार्यको प्रेरणावाट आफु राजनितिमा लागेको बताउदै उहाँले स्थापना गर्नु भएको पोलिटेक्निक कारण अहिले गरिब तथा विपन्न समुदायलाई उच्च शिक्षा हासिलगर्न सहज भएको वताए । वजेटको अभावमा पूर्व मेची देखि महाकाली सम्मका विद्यार्थीहरु अध्यनरत पोलिटेक्निक संचालनमा केहि कठिनाई हुन थालेकाले त्यसको संन्चालनमा स्थानिय, प्रदेश तथा संघीय सरकारको ध्यान जान आवश्यक रहेको वताए ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपालमा प्रजतन्त्र स्थापनका लागि शैलजा आचार्यले खेल्नु भएको भुमिकाको चर्चा गर्दै मुलुकको आर्थिक समाजिक तथा सिक्षा क्षेत्रमा उहाले पु¥याउनु भएको योगदानलाई कहिले विर्सन नसकिने बताए ।
कार्यक्रममा कोशी प्रदेस सभा सदस्य गयानन्द मण्डलले, मुलुको उपप्रधानमन्त्री तथा मन्त्री पदको जिम्मेवारी सम्हालनु भएको वेला शैलजा आचार्यको दिर्घकालीन सोचका कारण मुलुक विकासको पथमा अघि वढेको वताए ।
पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले नेपालमा प्रजातन्त्र स्थापनका लागि योगदान पु¥याउने व्यक्तिका नाममा स्थापना भएको यस्ता संस्था संचालनमा राज्यको सहयोग आवश्यक रहेको वताए ।
कार्यक्रममा जहदा गाउपालिकाका अध्यक्ष जितेन्द्रप्रसद साह तथा धनपालथान गाउपालिकाका अध्यक्ष जिवछ गच्छदारले शैलजा आचार्यले स्थापना गनु भएको पोलिटेक्निक संचालनका लागि तथा जेहन्दार विद्याथीहरुको छात्रवृतिका लागि पालिकाले प्रत्येक वर्ष वजेट छुट्याएर सहयोग गर्दै आएको वताए ।
कार्यक्रमा पोलिटेक्निकका अध्यक्ष मिता आचार्य तथा सो संस्थाका प्रिन्सिपल सन्तवहादुर अधिकारीले शैलजा आचार्य पोलिटेक्निकले प्राविधिक शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको स्मरण गरेका थिए । शैलजा आचार्यको दीर्घकालीन सोचका कारण धेरै विद्यार्थी लाभान्वित भएको बताए । कार्यक्रममा गुठिका कोषाध्यक्ष मोहलाल महतो,सदस्य विकास पराजुली ,पत्रकार महासंघ मोरङ अध्यक्ष शुसिला पाठक ,पोलीटेक्निकका अधिकृत भुपाल गिरी लगायतको सहभागिता रहेको थियो ।यस्तै पोलिटेक्निक परिसरमा वृक्षारोपण समेत गरिएको थियो ।