Birat Post आइतबार, आषाढ ०१, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१ असार । आज ७ वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट सार्वजनिक गर्दै छन् ।

असार १ गते बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था अनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।

केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ । अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेको बताइएको छ ।

कोशी प्रदेश सरकारले पूर्वाधार, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । कोशी प्रदेश सरकारले गत वर्षकै आकारमा बजेट ल्याउने जनाएको छ ।

मधेश प्रदेश सरकारले कृषिक्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउँदै छ । बढ्दो बेरोजगारीलाई सम्बोधन गर्न सरकारले रोजगारी सिर्जनालाई प्राथमिकता दिने छ ।

बागमती प्रदेशले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको छ । बागमती प्रदेश सरकारले गत वर्ष सातै प्रदेशमा सबैभन्दा ठूलो आकारको बजेट ल्याएको थियो ।

गण्डकी सरकारले आत्मनिर्भर प्रदेशको आधार तयार गर्ने गरी बजेट ल्याउने भएको छ । इन्भेस्ट गण्डकी कार्यक्रमका लागि आगामी वर्ष लगानी सम्मेलनको तयारी छ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पहिले घरदेश अनि परदेश अभियानसहित बजेट सार्वजनिक गरिँदैछ ।

लुम्बिनीले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दैछ । यसैगरी कर्णाली सरकारले सीमान्तकृतको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बजेट ल्याउने भएको छ ।

त्यसैगरी सुदूरपश्चिम सरकारले क्रमागत र बहुवर्षीय आयोजनामा बजेट केन्द्रित गर्ने तयारी गरेको छ । निर्वाचन क्षेत्र केन्द्रित गरी प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई ५ करोड र समानुपातिकलाई ३ करोड बजेट छुट्याउने तयारी छ ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल