काठमाडौँ३ असार / राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन्। तीनकुने घटनाका आरोपी उनी बिहान ९ बजेतिर अदालतमा उपस्थित भएका थिए।
अदालतमा उपस्थित भएसँगै थुनछेक बहस सुरु भएको छ। उनलाई थुनामा पठाउने वा केकसरी छाड्ने भन्ने आदेश आउन समय लाग्ने अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए।
तीनकुने घटनामा पक्राउ परेका उनी यसअघि हाजिरी जमानीमा छुटेका थिए। सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार तीन लाख धरौटीमा छुटेका थिए।
मिश्र अदालतमा उपस्थित नहुँदा उनको थुनछेक बसह हुन सकेको थिएन।