Birat Post बुधबार, आषाढ ०४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खामेनीलाई आत्मसमर्पण गर्न सुझाव दिएका छन् ।

ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च नेता खामेनीलाई विना शर्त आत्मसमर्पण गर्नु सबै भन्दा उपयुक्त भएको सुझाव दिएका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टु्रथ सोसलमा इरानको बारेमा पोस्ट गर्दै नेता खामेनीबारे अमेरिका पूर्ण रुपमा जानकार रहे पनि तत्कालका लागि उनको ज्यान सुरक्षित रहेको बताए । उनले नेता खोमिनीलाई मार्न सजिलो रहे पनि अहिले केही नगर्ने दाबी गरेका छन् ।

इरानले इजरायलको तेल अभिभ र हाइफालाई खाली गर्न भनेपछि धेरै विस्फोट तेहरानमा भइरहेको छ । धेरै इरानी अहिले तेहरान छाड्न चाहिरहेका छन् । तर धेरैले अन्य कुनै पनि ठाउँ सही नभएको बताउन थालेका छन् ।  केही समयअघि गरेको एक अर्को पोष्टमा उनले इरानको आकाशमा पूर्ण नियन्त्रण कायम गरिसकेको बताएका थिए ।

इरानसँग राम्रा स्काई ट्रयाकर र अन्य रक्षात्मक उपकरणहरू धेरै रहेको उनले बताएका छन् । तर, त्यो अमेरिकामा बनेका, अमेरिकी डिजाइन र अमेरिकी निर्माणको तुलनामा कमजोर रहेको ट्रम्पको भनाइ छ । शुक्रबारदेखि इजरायलले इरानमा आक्रमण गरेपछि चलिरहेको युद्धमा इजरायलले इरानको बालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रमा नै प्रहार गरेको जनाएको छ ।

इजरायलले इफाहान लगायत इरानको तीन आणविक केन्द्रमा आक्रमण गरिरहेको छ । अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहायता र उपकरण प्रदान गर्दै आएको छ । तर इरानमाथिको पछिल्लो  आक्रमणमा अमेरिका संलग्न नरहेको ट्रम्पले स्पष्ट पारेका छन् । अमेरिकाले इजरायलको जेरुसेलमस्थित उसको दूतावास इरान इजरायलबीचको जारी द्वन्द्वका कारण बुधबारदेखि शुक्रबारसम्म बन्द गरेको छ ।

अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना कर्मचारी र परिवारलाई अर्को सूचना नभएसम्म घरभित्रै सुरक्षित बस्न भनेको हो । यसैबीच अमेरिकी लडाकू जेटहरू इङ्ल्यान्डको पूर्वी क्षेत्रमा रहेको रोयल एयर फोर्स लेकनहिथ अड्डाबाट उडेका छन् । कम्तिमा एफ–३५ लडाकू जेटहरू रोयल एयर फोर्स लेकनहिथ अड्डाबाट उडान भर्दै गरेका देखिएका अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल