Birat Post सोमबार, आषाढ १६, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौ,१६ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आज कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले निर्धारित मितिमै महाधिवेशन हुनुपर्नेमा जोड दिएका हुन् । आउदो मंसिरमा महाधिवेशन हुनु पर्नेमा आफु दृढरहेको भन्दै उनले यदि हुन नसक्ने हो भने सभापति र पदाधिकारीसंग कारणसहित जवाफ माग समेत गरे ।

बैठकमा बोल्दै कोइरालाले काँग्रेसले अन्य दलहरुसंग गरेको गठबन्धको औचित्यमा समेत प्रश्न गरे । ‘७९ को संघिय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौं, अहिले एमालेसँग सरकारमा छौं । त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्यौं र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ?’ उनले प्रश्न गरे ।

उनले पार्टीको अनुशासन समितिमा केन्द्रीय समिति भन्दा बाहिरका सिनियर सदस्यरुलाई राख्न माग समेत गरे । अनुशासन समितिले तटस्थ र न्यायोचित काम गर्न नसकेको उनको आरोप थियो । पार्टी एकतामा जोड दिदै कोइरालाले आफु गुटबन्दी र भागबण्डाको राजनीतिमा नलाग्ने बताए । पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशीलता र भद्रतालाई कमजोरी ठानिएको नेता कोइरालाले जिकिर गरे ।

सम्बन्धित

ताजा अपडेट
कांग्रेस विराटनगर–४ द्वारा क्रियाशिल वितरण सम्पन्न, अब टोल –टोलमा छलफल पनि चलाउने
यस्तो छ आज देशभरको मौसम
प्रतिनिधिसभाबाट भूमिसम्बन्धी विधेयक पारित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल