Birat Post बुधबार, आषाढ १८, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ असार । नेपाली कांग्रेस मोरङले  स्वर्गिय नेता गिरिजाप्रसाद कोइरालाको १०२ ओैं जन्म जयन्ती मनाएको छ। कांग्रेस पार्टी कार्यालय मोरङमा बुधबार आयोजना गरेको बिचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुली रहेका थिए ।

कार्यक्रममा बोल्दै नेता पराजुलीले गिरिजाप्रसाद कोइराला नेपालको राजनीतिमा एक अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक व्यक्तित्व भएको बताए । उनले लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया, र गणतन्त्र स्थापनामा कोइरालाले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । १० वर्ष लामो माओवादी सशस्त्र द्वन्द्व अन्त्य गर्न कोइरालाको नेतृत्व निर्णायक रहेको स्मरण गरे ।

नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेताहरु बसन्त भट्टराइ , गुरुराज घिमिरे , गयानन मण्डल , गोपालमान सिंह राजभंण्डारी, संजय भट्टराइ , शान्ता पौडेल , तरुण दलका उप सभापति खगेन्द्र थापा खेम लगायतले आ आफ्ना विचार व्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल