Birat Post शुक्रबार, आषाढ २०, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २० असार । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औं जन्मोत्सवको अवसरमा कार्यक्रम आयोजना गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पूर्वराजा शाहको जन्मोत्सवमा कार्यक्रम आयोजना गरिएको बारे जानकारी गराइृएको हो ।

शाही युवा शक्ति नेपालले असार २३ गते विहान १०ः३० बजे सामाखुसीमा भेला भएर निर्मल निवास जाने कार्यक्रम रहेको बताएको छ । जन्मोत्सवको अवसरमा पूर्वराजा शाहको सुस्वास्थ्य, दीर्घायु र पुनः गद्दीरोहणको शुभकामना दिइने पनि शाही युवा शक्ति नेपालले बताएको छ ।

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले गणतन्त्रको विरुद्धको आफूहरुको लडाईँ जारी रहेको बताए । गणतन्त्रको कारणले अहिले देशमा सबै कुरा ध्वस्त भइसकेको उनले बताए । गणतन्त्रलाई जरैदेखि उखेलेर फाल्न आवश्यक रहेको बताए । जनताले आफ्नो आवाज राख्न पाउने व्यवस्था राजासहितको प्रजातन्त्र रहेको उनले बताए । राजाले तत्कालीन अवस्थामा बोल्न दिएकै कारण आज केपी ओली, शेरबहादुर देउवा, प्रचण्डजस्ताहरु नेता बनेको उनले बताए ।

‘जनता र देशको माया गर्ने राजसंस्था हामीलाई चाहिएको छ । राजसंस्था पुनर्स्थापना नगरेसम्म हाम्रो आन्दोलन रोकिँदैन । सय वटा मुद्दा लगाए पनि हामी आन्दोलनमा हुन्छौं, जनताको पक्षमा हुन्छौं,’– उनले भने ।

अहिले राजाको पक्षमा ८० प्रतिशतभन्दा बढी जनमत बनेको उनको दाबी छ । राजा नहुँदा अहिले देशका जनता टुहुरो बनेको उनले बताए । ‘राजाको पक्षमा ८० प्रतिशतभन्दा बढी जनमत बनेको छ । जताबाट कुरा घुमाए पनि राजा नै चाहियो भन्ने कुरा हरेक क्षेत्रबाट निस्किएको छ । राजा नहुँदा हामी टुहुरो भएका छौं । भएभरको युवा बेचिएको छ । युवाहरुको देश छैन नेपाल अहिले,’– उनले भने ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल