Birat Post शनिबार, आषाढ २१, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ असार । विराटनगरमा रहेको श्री हस्पिटलमा घरधनीले ताला लगाइदिएपछि विवाद उत्कर्षमा पुगेको छ । घरभाडा वापतको भुक्तानी नपाएको भन्दै शुक्रबार घरधनी सुष्मा सिंहले ताला लगाइदिएकी छन् । तर अस्पताल प्रशासनले भने उल्टै घरभाडा वापतको रकम बढी तिरेको दावी गरेको छ । पत्रकार सम्मेलन गर्दै अस्पतालले घरको डेकुरेसन र भौतिक संरचना बनाउदा लागेको रकम पनि भाडावापतनै जोडिने सर्त रहेपनि घरवेटीले त्यसको हिसाब नगरेको बताएको हो ।

यता पाँच महिनादेखि भाडा वापतको रकम नपाएको र पुरानो बाँकी रकम पनि नपाएपछि ताला लगाउन बाध्य भएको घरधनी सिंहको भनाइ छ ।
यो कुरालाई अस्पताल प्रशासन भने इन्कार गरेको छ । हस्पिटलका अध्यक्ष सुनिल कुमार यादवका अनुसार घर मर्मतको खर्च घरबेटीले तिर्ने गरी सम्झौता भएको थियो। हामीले ५३ लाख ६३ हजार रुपैयाँ भाडा वापतको रकम बुझाइ सकेका छौं । पत्रकार सम्मेलनमा उनले भने, हामीले भाडा वापतको रकम दिन बाँकी छैन। घर मर्मतको रकम जोड़ने हो भने उहाँसँग २१ लाख बढी हामीले उल्टै पाउने देखिन्छ ।

मासिक दुई लाख ५० हजार भाडा तिर्ने गरी २०८० सालमा घरधनीसँग सम्झौता भएको र सोही बमोजिम आफूहरूले भाडा तिर्दै आएको उनले बताए । हस्पिटलका अध्यक्ष यादबका अनुसार ताला लगाइएका कारण हस्पिटलमा रहेका तीन जना बिरामीलाई अन्यत्र पठाउनु परेको छ। उनले आफूहरूमाथि अन्याय भएको बताए । यसलाई लिएर विराटनगर महानगरको न्यायीक समितिले घरबेटीको पक्षमा फैसला गरिदिएको छ । बलपूर्वक घरवेटीले अस्पतालजस्तो संवेदनशिल क्षेत्रमा ताला लगाएर मानवीय संवेदनाको विचार नगरिएको भन्दै अस्पताल प्रशासन अदालत जाने भएको छ । हस्पिटलका सञ्चालक सुनिल कुमार यादवले अन्याय भएपछि अदालत जानुको विकल्प नभएको बताए ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल