Birat Post सोमबार, साउन १२, २०८२ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,१२ साउन ।
विराटनगरकी सृजा पोखरेल् एनआरएनए अस्ट्रेलिया स्थित तास्मानिया नारी निकुञ्जको महिला संयोजकमा विजयी भएकी छन् । तास्मानियामा बसोबास गर्ने नेपाली महिलाहरूको आवाज र सशक्तिकरणको अभियानलाई संस्थागत बनाउँन भन्दै उम्मेदवारी दिएकी पोखरेल विजयी बन्न सफल भएकी हुन्।

नेपालबाट २०१८ मा तास्मानिया पुगेकी पोखरेल विगत ६ वर्षदेखि नेपाली समुदायको सेवा र पहिचानको संरक्षणमा निरन्तर सक्रिय छिन्। चाहे नेपाली भाषा र लोकनृत्य सिकाउने शिक्षिका, नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको कार्यकारी सदस्य, रेडक्रसमा स्वास्थ्य शिक्षिकाकारुपमा उनको योगदान बहुआयामिक रहँदै आएको थियो ।

विजयी भएसंगै पोखरेलले भनेकी छन् “समुदायसँगको मेरो यो यात्रा केवल जिम्मेवारी होइन, यो मेरो आत्मीयता र पहिचानको निरन्तर यात्रासँग जोडिएको छ। अब महिलाहरूको निर्णायक सहभागिता र नेतृत्व विकासमा सशक्त अभियान अघि बढाउने प्रतिबद्धताका साथ काम गर्ने छु । ” उनको घर विराटनगर -२ स्थित सरस्वतीटोलमा रहेको छ । नेपालमा रहदा पनि युवा अभियन्ताकारुपमा सक्रिय पोखरेल हाल अस्ट्रेलियामा पनि सामाजिक सक्रियतामा ख्याती कमाउदै छिन् ।

सम्बन्धित

ताजा अपडेट
आज साउन १५ : खिर खानुपर्छ भन्ने सामाजिक मान्यता
बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
भैरहवामा सुरु भयाे रास्वपाकाे संसदीय दलको बैठक

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल