Birat Post बुधबार, साउन १४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विस २०८४ सम्म निरन्तर रहने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्ने गरि काम गर्नुपर्ने सुझाव दिनु भयो ।

केन्द्रीय सदस्य डा कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य प्रकिया भए अनुसार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पार्नुभयो ।
नेता कोइरालाले भन्नु भयो ,‘राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ अन्यथा राजनीति धराप पर्छ ।’ उहाँले नेपालको संविधानले पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको बताउँदै तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा राख्न् भयो ।

गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमती कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एक प्रश्नको जवाफमा नेता डा कोइरालाले नेकांमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनुभयो ।

एक फरक प्रसङगमा उहाँले कांग्रेसको महाधिवेशन तोकिएको समय विस २०८२ मा हुने विचार राख्नुभयो ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल