Birat Post शनिबार, साउन १७, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ साउन । नेपाली कांग्रेस विराटनगर-४ ले क्रियाशिल जेष्ठनागरिकको सम्मान गरेको छ । शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमका वीच ७२ वर्ष उमेर पार गरेका १० जना ज्येष्ठ क्रियाशील सदस्यहरुलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमा नखबहादुर खड्का, सुरेश तिम्सिना, सियाराम मण्डल राजवंशी, तेतरी राजवंशी, कृष्णमोहन कार्की, मणिराज निरौला, दुखाराम गच्छदार, साजीलाल माझी, थिरबहादुर नेपाली र हेमनारायण चौधरी रहेका छन् । यस भन्दा अगाडि पनि ७ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिसकिएको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली कांग्रेसलाई यो स्थान सम्म ल्याउने अग्रजहरुको मेहनतलाई भुल्न नहुने बताए । उहाँहरुलाई सदैव सम्मान छ, हामी यसमा खुसी छौ । कोइरालाले भने, “यहाँहरुको अझै आवश्यकता छ, अव युवाहरुलाई कांग्रेस संग जोडिदिनुस् । युवाहरुलाई कांग्रेस नभए लोकतन्त्र,प्रजातन्त्र खतरामा पर्न सक्छ भनेर बुझाइपनि दिनुस् ।”

यस्तै नेपाली कांग्रेस विराटनगर वडा नं -४ का सभापति राजकुमार तवदारले जेष्ठ नागरिकको सम्मानको सुरुवात आफुले गरेको र यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । उनले कांग्रेसका सवै सदस्यहरुले आफ्नो जिम्मेबारी बहन गरे कसैले पनि हराउन र हेप्न नसक्ने बताए । कांग्रेसमा देखिएको अन्तरघातको सिकारले कसैलाई पनि राम्रो नगरेको र यसवाट बच्न आवश्यक रहेको बताए ।

वडा सभापति तवदारको अध्यक्षतामा भएको कार्यक्रममा  राष्ट्रियसभाका पूर्व सदस्यसमेत रहेका नेपाली काँग्रेस कोशीका उपसभापति रमेशजंग रायमाझी, नेपाली काँग्रेस कोसी प्रदेशका सहमहामन्त्री डा.प्रमीला गच्छदार, कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की,कांग्रेस नेता चुमनारायण तवदार,नेपाली कांग्रेस प्रचार प्रसार विभाग केन्द्रीय सदस्य चेतराज रेग्मी, नेपाली कांग्रेस नगरका सभापति दीपक चापागाई,नेपाली कांग्रेसका युवा नेताहरु केशब गिरी, अर्जुन चुडाल,राजेन्द्र भट्टराई,बलक राजबंशी र देवचन्द्र घिमिरे लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
नेपाली कांग्रेस विराटनगर-४ ले गर्‍ र्यो क्रियाशिल जेष्ठ नागरिकको सम्मान
युवाको आकर्षण नबढाए काँग्रेस कमजोर हुन्छ: नेता कोइराला
चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल