काठमाडौं ,२० श्रावण । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका ७७ जना विभिन्न दर्जाका अधिकृतहरूको बढुवा सिफारिस भएको छ । बढुवा समितिको सोमबारको निर्णयले रिक्त रहेका विभिन्न दर्जामा सिफारिस गरेको हो ।
बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) मा ६, उपरीक्षक (एसपी) मा २२, प्राविधिक एसपीमा एक र नायव उपरीक्षक डीएसपीमा ४८ जनालाई बढुवा सिफारिस गरिएको छ ।
ज्येष्ठता तथा व्यावसायिक क्षमता तथा कार्यसम्पादन मूल्याङ्कन लगायतलाई प्राथमिकतामा राखी खाली रहेको रिक्त पदमा बढुवा गरिएको बताइएको छ ।