Birat Post मंगलबार, साउन २०, २०८२ मा प्रकाशित

featured photo: Birat Post

हेटौँडा ,२० श्रावण  :  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुने पक्का भएको छ ।

मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दिएको समयसीमा सोमबार दिउँसो २ बजे सकिएसँगै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

नेता बानियाँले सोमबार दिउँसो प्रदेश प्रमुखसमक्ष बहुमतको आधार प्रस्तुत गर्दै मुख्यमन्त्री बन्ने औपचारिक दाबी पेस गरेका थिए । दिउँसो २ बजेसम्म अन्य कसैबाट दाबी नपरेपछि संविधानको धारा १६८ (२) अनुसार बानियाँको नियुक्ति प्रक्रिया अघि बढाइएको हो । उनलाई आजै शपथ गराउने तयारी गरिएको छ ।

यसअघि नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेताका लागि भएको आन्तरिक प्रतिस्पर्धामा इन्द्र बानियाँसँग पराजित भएका बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि नयाँ नेतृत्व चयन र मुख्यमन्त्री नियुक्तिको मार्ग खुलेको हो ।

सम्बन्धित

ताजा अपडेट
इन्द्र बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदै
धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं
सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस (सूचीसहित)

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल