Birat Post शनिबार, साउन ३१, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर । विराटनगरस्थित विराट आँखा अस्पतालले आफ्नो परिसरभित्र सामाजिक सुरक्षा कोष सेवा कक्ष स्थापना गरी श्रमिकहरूको स्वास्थ्य उपचारमा पहुँचलाई थप सहज बनाएको छ ।

शनिबार आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले उक्त सेवा कक्षको औपचारिक उद्घाटन गरे । यो कदमसँगै विराट आँखा अस्पताल निजी क्षेत्रमा सामाजिक सुरक्षा कोषको सेवा प्रत्यक्ष रूपमा सुरु गर्ने पहिलो आँखा अस्पताल बनेको छ ।

सेवा कक्षको उद्घाटन गर्दै प्रदेश सभा सदस्य पराजुलीले निजी क्षेत्रको अस्पतालमा यस्तो सेवाको थालनी हुनुले श्रमिक वर्गको हितमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले विराटनगर स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकसित भइरहेको परिप्रेक्ष्यमा विराट आँखा अस्पतालले प्रदान गर्दै आएको गुणस्तरीय सेवाको प्रशंसा गरे । ‘अस्पतालले नयाँ प्रविधि र सुविधा भित्र्याउँदै गर्दा सामाजिक सुरक्षा कोषमार्फत आउने श्रमिकहरूलाई पनि उच्च गुणस्तरीय र सहज स्वास्थ्य उपचार सेवा प्रदान गर्नुपर्छ,’ पराजुलीले भने, ‘यस्ता प्रयासले सामाजिक सुरक्षाको अवधारणालाई थप बलियो बनाउँछ ।’

अस्पतालका प्रमुख कार्यकारी निर्देशक राजकुमार मण्डलले श्रमिकहरूलाई सहज र सरल रूपमा विशेषज्ञ आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले कोषको सेवा कक्ष स्थापना गरिएको बताए । उनका अनुसार, यसअघि श्रमिकहरूले उपचार खर्चबापतको रकम शोधभर्नाका लागि विभिन्न प्रक्रियागत झन्झट बेहोर्नुपर्ने अवस्था थियो, तर अब अस्पतालबाटै सिधै सेवा लिन सक्नेछन् । ‘निजी क्षेत्रका आँखा अस्पतालहरूमध्ये हामीले यो सेवा पहिलो पटक सुरु गरेका हौं,’ मण्डलले भने, ‘यसले श्रमिक र रोजगारदाता दुवैलाई लाभ पुग्नेछ र स्वास्थ्य उपचारमा उनीहरूको पहुँचलाई सुनिश्चित गर्नेछ ।’

कार्यक्रममा सहभागी मजदुर नेता तेजलाल कर्णले विराट आँखा अस्पतालको यो प्रयास सराहनीय भएको बताउँदै यसले श्रमिकहरूको स्वास्थ्य उपचारमा ठूलो सहयोग पुग्ने धारणा राखे । उनले अन्य अस्पतालहरूले पनि यस्तै सेवा विस्तार गरी सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी प्रदेशका अध्यक्ष किशोर धमाला, नेपाली कांग्रेस नेतृ झुमा निरौला लगायतका वक्ताहरूले पनि कोषको प्रभावकारी कार्यान्वयनले मात्र श्रमिकहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विचार व्यक्त गरे ।

कार्यक्रममा ट्रेडयुनियनका नेता सुशील कोइराला,नेपाली कांग्रेसका युवा नेता अरुण न्यौपाने,विनायक पन्त ,प्रविन जोशी, सञ्चालक सदस्य तेजलाल कर्ण लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर- ४ ले क्रियाशिल प्रमाणपत्र वितरण अभियानलाई दियो तिब्रता
राधाकृष्ण रथयात्राको सम्पूण तयारी पूरा, एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिने
विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष अन्तरगतको सेवा सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल